लोकतन्त्रको रक्षा र देशको विकासको लागि गठबन्धले जित्नु पर्छ ः नेता कट्टेल

2022-05-05 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व झापा जिल्ला उपसभापति राम कट्टेलले लोकतन्त्रको रक्षा र देशको विकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन् ।
गठबन्धन दलको निर्वाचन परिचालन कमिटीले मेचीनगर २ स्थित भृकुटीमा आयोजना गरेको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कट्टेलले सो कुरा बताएका हुन् ।
लोकतन्त्रलाई बचाउन पनि गठबन्धनले जित्नुपर्छ, कट्टेलले भने, ‘एमालेले जित्यो भने प्रतिगमनकारीको जित हुन्छ । देशमा पुनः तानाशाह लागु हुन्छ र लोकतन्त्र र संविधान खतरामा पर्छ ।’
सठबन्धन समयको माग हो, देशमा आइपरेको चरम संकटको बेला लोकतन्त्र र संविधान बचाउन गठबन्धन गर्नु परेको स्मरण गर्दै नेता कट्टेलले गठबन्धनले स्थानीय , संघिय र केन्दीय निर्वाचनसम्म पनि एकता कायम राख्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य तथा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले मेचीनगरलाई समृद्ध नगरको रुपमा विकास गर्न नेपाली काँग्रेस सहित बनेको गठबन्धन टीमलाई विजयी गराउनु पर्ने बताए । नगर प्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार र विकासमा वितेको पाँच वर्षमा थुप्रै काम आफूले सम्पन्न गरेको बताउँदैँ आगामी दिनमा अधुरा, छुटेका र धेरै नयाँ कामले पूर्णता पाउने विश्वास दिलाए ।


कार्यक्रममा मेयरका प्रत्यासी, इन्द्र बुढाथोकी , उपमेयरका प्रत्यासी प्रकास भण्डारी र वडा अध्यक्षका उम्मद्वार गोपी रिजालले प्रतिवद्धता पत्रमा समेटिएका सम्पूर्ण योजनाहरुलाई इमान्दारी पूर्वक पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धता पत्रमा शिक्षा स्वास्थ्य , खानेपानी पूर्वाधार विकास, पर्यटन् , कृषि लगायतका कार्यक्रमलाई वडाले प्राथमिकतामा राखेको छ । त्यसैगरी वडाले बिभिन्न भाषा, धर्म संस्कृतिको संरक्षण गर्ने विषयलाई समेत चासोका साथ प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
चुनाव प्रचार समितिका संयोजक हिम्मत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत आओवादी केन्द्रका नगर कमिटीका वरिष्ठ उपाध्यक्ष उत्तम सिटुङले र कार्यक्रमको सञ्चालन नेका वडा सभापति नगेन्द्र रिजालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु