यी हुन मत बदर हुने अवस्था

2022-05-05 मा प्रकाशित

झापा, बैशाख २२ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनितिक दल र तिनका उम्मेद्वारका साथै स्वतन्त्र उम्मेद्वारहरु यतिबेला चुनावी प्रचारमा व्यस्त छन । उम्मेद्वारहरुले आफ्ना लागि मत मागिरहेका छन । तर मत हाल्ने तरिकामा भने खासै ध्यान दिएको पाइएको छैन ।

खास गरी सत्ता गठबन्धनका दलहरुले साझा उम्मेद्वार चुनावी मैदानमा उतारेकाले पनि मत बदर हुन सक्ने सभ्भावना बढी देखिएको छ । निर्वाचन आयोगले मत बदर हुने अवस्थाको बारेमा जानकारी गराइसकेको छ । कस्ता मत बदर हुन्छन भन्ने बारे निर्वाचन आयोगले स्पष्ट धारणा सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार निम्न अवस्थाका मत बदर हुनेछन ।
१० सम्बन्धीत मतदान अधिकृतको दस्तखत नभएको ।
२० औंठाछाप लगाई वा आयोगद्वार निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत संङ्केत गरिएको ।
३० मत संङ्केत चिन्ह नबुझिने गरि लतपतिएको वा च्यातिएको ।
४० उम्मेद्वारको निर्वाचन चिन्हमा मत संङ्केत नगरी अन्यत्र मत संकेत गरिएको ।
५० उम्मेद्वार नरहेको निर्वाचन चिन्हमा मात्र मत संङ्केत गरिएको ।
६० कुनै पनि उम्मेद्वारको निर्वाचन चिन्हमा मत संङ्केत नगरिएको ।
७० निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेद्वारको निर्वाचन चिन्ह भएको कोठमा छुट्टा छुट्टै मत संङ्केत गरिएको ।
८० मत संङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिएको ।
९० आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको ।
१०० मत पेटिका भन्दा बाहिर राखिएको ।
११० जाली मतपत्र ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु