मेचीनगर ५ र ८ को बिभिन्न टोलमा गठबन्धनका उम्मेद्वारको संयुक्त चुनावी सभा, नमूना र समृद्ध नगर निर्माण गछौँ ः बुढाथोकी

2022-05-06 मा प्रकाशित

डम्बर बराल

मेचीनगर,२३ बैशाख । गठबन्धनका उम्मेद्वारहरुले आज मेचीनगर ५ र ८ को बिभिन्न टोलमा चुनावी सभा सम्पन्न गरेको छ । बिभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन दलका तर्फबाट नगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले आफूहरुले जिते समृद्ध नगर निर्माणमा समय नलाग्ने बताएका छन् । मत दिएर विजयी गराउन आग्रह गर्दै बुढाकोकीले भने, ‘हामी कर्तव्य निष्ट भएर काम गछौँ र नगरलाई समृद्ध बनाउँछौँ’
मेचीनगर ८ को दुर्गा मन्दिरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नगर प्रमुखका उम्मेद्वार बुढाथोकीले, ‘भने हामीबाट न भ्रष्टचार हुन्छ नत अरुलाई भ्रष्टचार गर्न दिन्छौँ ।’भ्रष्टचार सुन्य बनाएर आफ्नै पालामा मेचीनगरलाई देशमै नमूना नगर बनाउने उनले उद्घोष गरेका छन् ।
बुढाथोकीले आफ्नो टिमलाई जनताले जिताए जनमुखी बिकासका कार्यक्रम गर्दै नमूना र समृद्ध नगर बनाउने बताएका छन् । स्वास्थ्य क्षेत्र ज्यादै संबेदनसिल भएकाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्ने उनको प्रतिबद्धता थियो । सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक औषधि एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी निशुल्क सेवा प्रवाह गर्ने उनको भनाई थियो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ वर्षलाई पाएको जनमतको अपमान गरेर सनकको भरमा संविधान सभा विगठन गरी लोकतन्त्र र संविधान विरुद्ध गएकोले एमालेलाई लाई जनताले यस पटक बिश्वास नगर्ने बताए ।


उपमेयरका उम्मेद्बार प्रकाश भण्डारीले जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु टावर, स्वागत द्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने उत्पादनमुखी र जनमुखी कार्यक्रम गर्दै नगरलाई भ्रष्टाचारमुक्त बनाउने उद्घोष गरे । मेचीनगरलाई समृद्ध नगर बनाउन सुशासनतर्फ नगरपालिकालाई सुशासन प्रदान गर्न भ्रष्टाचार र अनियमिततालाई शून्य सहनशीलताको नीति अवलम्बन गरिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा वडाध्यक्षका उम्मेद्वार गिरीराज धमलाले यस अघिको निर्वाचनमा वडानम्बर ८ बाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको भावनालाई सम्बोधन गर्न नसकेको बताउँदै आफू निर्वाचित भएपछि जनताको मतलाई उच्च सम्मान गर्दै जनमुखी कार्यक्रमहरु अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले यस अघिको निर्वाचनमा आफू पराजित भएपनि जनताको सेवामा निरन्तर लागेको कारण आज निर्वाचन जित्ने आधार बनेको उनको भनाई थियो ।


उनले सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा मेचे समुदायहरु जातिय भेषभूषा सहित झाँकी लिएर कार्यक्रम स्थलमा आउँदा नेता तथा कार्यकर्ता थप हौसिएका थिए । कार्यक्रममा ठूलो संख्यामा मेचे समुसदायले सहभागिता जनाएका थिए । निर्वाचन परिचालन समितिका संयोजक गोपाल कोइरालको सभापतित्व तथा जनता समाजवादी पार्टीका प्रदेश सदस्य केवलराम राईको प्रमुख आतिथ्मा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य चन्द्रलाल मेचेले मत शिक्षा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
लिला खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए । गठबन्धन दलले आजै मेचीनगर ५ को नकलबन्दा र माङ्हिममा चुनावी सभा सम्पन्न गरेको छ । मेचीनगर ५ मा भएको कार्यक्रममा वडाध्यक्ष्का उम्मद्वार योगेन्द्र थापाले आफूले पाँच वर्षै कार्यकालमा भौतिक पूर्वाधार, कालोपत्रे सडक निर्माण, सडक स्तर उन्नती, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै कामा सम्पन्न गरिसकेको र आगामी कार्यकालमा वडालाई नमूना वडा बनाउँने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु