झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

2020-06-21 मा प्रकाशित

झापा, ७ असार । झापामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई वर्षीया बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मेचीनगर–६ का ३३ वर्षीय पुरुष र ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुष लाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनिहरु दुवै जना भारतबाट आएका हुन ।
।अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक महिला, एक बालिका र एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ उनीहरु भारतको बिहारबाट नेपाल आएका थिए ।

यसैगरी कनकाई नगरपालिका वडा नम्बर ७ की १ महिलामा पनि संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाई जानकारी दिए । । उनी कुवेतबाट फर्किएकी हुन् ।

संक्रमित सबै स्थानीय क्वारेन्टिनमा बसेका थिए । उपचारका लागि दुई महिला र बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तीन जना पुरुषलाई गोठगाउँ लगिएको फोकल पर्सन चम्लागाईले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु