गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि : महामन्त्री शर्मा

2022-05-08 मा प्रकाशित

मेचीनगर ।  नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अहिलेको पाँचदलिय गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि भएको बताएका छन् ।
आइतबार मेचीनगरको इटाभट्टामा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । देशमा संविधान र लोकतन्त्र खतरामा पर्दा माओवादीले साथ दियो शर्माले भने, ‘अझै लोकतन्त्र खतरामा छ । देशलाई समृद्धि तर्फ अघि बढाउन र लोकतन्त्रको रक्षाको लागि हामीले गठबन्धन गर्नु पर्याे ।’
तात्कालिन नेकपाले दुई तिहाई जनमत पाएपछि उन्माद भएका प्रधान मन्त्रि केपी शर्मा ओलीले दुई दुई पटक संविधान सभा विगठन गरेर जनमताले दिएको जनमतको अपमान गरेकोले एमालेलाई अव जनताले विश्वास गर्न नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङले जनमतको महत्व नबुझने नेतालाई जनताले अव पाखा लगाउने बताइन् । पाँच बर्षलाई जनमत दिएर पठाएका जनप्रतिनिधिले जनमतको अवमूल्यन गरेर बिचैमा धोका दिनेहरुलाई अव त्यसकिसिमको जिम्मेवारी दिनु नहुने उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश समिति सदस्य तथा मेचीनगर प्रमुख बिमल आचार्यले अल्पमतमा रहेर पनि आफूले नगरलाई समृद्ध बनाउन धेरै काम सम्पन्न गरिको अव बहुमतको स्थानीय सरकार गठनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर बिजयी गराउन अनुरोध गरे ।
निर्वाचन परिचालन कमिटीका संयोजक सुदय पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयरका प्रत्यासी इन्द्रबहादुर बुढाथोकीले सुशासन आफ्नो पहिलो प्राथमिकता भएको र भ्रष्टचार मुक्त नगर निर्माण गर्नै प्रतिवद्धता ब्यक्त गरे ।
स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी, कृषि लगायतका काम प्राथमिकताका साथ अगाडि बढाउने उनको भनाई थियो ।
उपमेयरका प्रत्यासी प्रकास भण्डारीले प्रतिवद्धता पत्रमा उल्ल्ेख गरेका कामलाई इमान्दारी पूर्वक पुरा गर्नै प्रतिवद्धता जनाए ।
कार्यक्रमको सञ्चालन नेकपा माओवादीका मेचीनगर अध्यक्ष राजन चिमरियाले गरेका थिए । आजै काँकरभिट्टामा समेत कोण सभा सम्पन्न भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु