मेचीनगर ५ मा गठबन्धन दलले सुरु गर्याे टोलटोलमा कोणसभा तथा मतदाता शिक्षा कार्यक्रम

2022-05-09 मा प्रकाशित

डम्बर बराल

सुरेन्द्र नगर । मेचीनगर ५ मा गठबन्धन दलका उम्मेद्वारहरुले कोण सभा तथा मतदाता शिक्षा कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रचार प्रसारको समय सकिन लाग्दा आफ्नो पक्षमा जनलहर ल्याउन , मतदाताहरुको गुनासो सुन्न तथा आफ्ना प्रतिवद्धता अरुलाई सुनाउन टोलटोलमा कार्यक्रम लिएर मतदाताकोमा उनीहरु पुग्न थालेका हुन् ।
सोमबार बिहान ८ बजे पहिलो चरणको कार्यक्रम राममन्दिर टोल, गैरी गाँउ, र पाथीभरा टोलले संयुक्त रुपमा गरे । कार्यक्रममा वडाध्यक्षका उम्मेद्वार योगेन्द्र थापाले अघिल्लो कार्यकालमा आफूले वडालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । थापाले सडक स्तर उन्नती, कालोपत्रे सडक निर्माण, बिजुली, खानेपानी शिक्षा, स्वास्थ्य तथा कृषिमा धेरै कामहरु सम्पन्न गरेको दावी गरे ।
दुर्गा मन्दिर परिषरमा आयोजित कार्यक्रममा थापाले भने, ‘हामी भगवती माताको अघि उभिएर भन्छौँ हामी भ्रष्टचार गर्दैनौँ अनि भ्रष्टचार मुक्त समाज निर्माण गछौँ ।’ वडाध्यक्ष थापाले आफूले अघिल्ला कार्यकालमा लिएको अनुभवलाई पाठको रुपमा लिएर आगामी कार्यकाल सफल बनाउने उद्घोष गरे ।
विकास निर्माणमा धेरै महत्वपूर्ण काम सम्पन्न गरेको दावी गरेका थापाले आगामी ५ वर्षमा वडाका सबै ठूला बाटामा कालोपत्रे गर्ने र जनताका सबैखाले समस्यामा हातेमालो गरेर अघि बढ्ने बचन दिएका छन् ।


कार्यक्रममा वडा सदस्यका उम्मेद्वार सुभाष लिम्बू, खुल्ला महिला सदस्य दुर्गा देवकोटा, दलित महिला सदस्य चन्द्रकला विक, खुला सदस्य उमेश उप्रेती, लगायतले आफ्ना प्रतिवद्धता मतदातालाई राख्दै आफ्नो सिंगो टीमलाई विजयी गराउन अनुरोध गरे ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश क का सभापति हरि बुढाथोकी, क्षेत्रीय सह सचिव दिपक काफ्ले , नेपाल महिला संघकी नगर सभापति शान्ता चौधरी, नेपाली काँग्रेस वडासभापति नारायण खड्का, नेकपा माओवादीका विचार्री मंग्राती, सीताराम टोलविकास संस्थाका तर्फबाट उमाकान्त रिजाल, माङ्हिम टोलविकास संस्थाका अध्यक्ष रंगलाल गिरी, लगायतले गठबन्धनको औचित्य प्रकास पार्दै सिंगोटीमलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस सीताराम टोल विकास समितिकी अध्यक्ष टंकमाया बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडा सचिव मणिकुमार आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु