मेचीनगर ८मा गठबन्धनका उम्मेद्वारहरु टोल टोलमा कोण सभा गर्दै, तीन जनाले छोडे एमाले

2022-05-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर ८ मा गठबन्धनका उम्मेद्वारहरुले कोण सभालाई तीब्रता दिइरहेका छन् । उम्मेद्वारहरु आफ्ना साझा प्रतिवद्धता सुनाउँदै आफ्नो पक्षमा जनलहर बढाइरहेका छन् । टोल टोलमा पुगेका उम्मेद्वारहरुलाई स्थानीयहरुले आफूहरुले भोग्नु परेका पीडा , समुहिक समस्याका बारेमा जानकारी समेत गराउँदै आएका छन् । भने पार्टी प्रवेशले समेत त्यतिकै निरन्तरता पाइरहेको छ ।
सोमबार गठबन्धनका उम्मेद्वारहरुले शान्ति टोल, मेचे गाउँ र गुरुङ डाँडामाकोण सभा सम्पन्न गरेको छ । कोण सभालाई वडाध्यक्षका प्रत्यासी गिरीराज धमलाले समाज रुपान्तरणमा आफू निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । वडाध्यक्षका प्रत्यासी धमलाले आफू जनप्रतिनिधि नहुँदा पनि सामाजिक अभियानमा निरन्तर लागेका कारण मतदाताहरुले यस पटक भारी मतका साथ आफू आफ्नो सिंगो टीमलाई बिजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।
धमलाले आफू निर्वाचित भए समृद्ध वडा निर्माणको अभियानमा लाग्ने बताए । शिक्षा, स्वास्थ्य खानेपानी, भौतिक पूर्वाधार, व्यवसायिक कृषि उत्पादन लगायतका महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
निर्वाचन परिचालन कमिटीका संयोजक हेम कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव लिला खतिवडाले गरेका थिए ।
सो अवसरमा तीन जनाले नेकपा एमाले पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
दुइदिन अघि एमालेमा प्रवेश गरेका पार्वती दर्जी, रुपेश दर्जी र फूलमाया सार्की नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । रुपेशले आफूहरु एमालेको प्रलोभनमा परेर पार्टी प्रवेश गरेको तर आफूले गल्ति गरेको महसुस भएपछि पुनः आफ्नै पार्टीमा फर्किएको प्रतिक्रिया दिए । उनीहरुलाई निर्वाचन परिचालन कमिटीका संयोजक कोइराला, वडाध्यक्षका उम्मेद्वार गिरीराज धमलाले टिका र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु