को हुन् गोपाल बुढाथोकी

2022-05-10 मा प्रकाशित

मेचीनगर । २०३६ सालदेखि नेपालको कम्युनिस्ट राजनीतिमा परिचित नाम हो गोपालचन्द्र बुढाथोकी । बुढाथोकी २०१९ भदौ ८ गते खोटाङमा जन्मिएका थिए । ०२१ सालदेखि झापा मेचीनगरको मागुरमाडीमा स्थायी बसोबास गरेका हुन् । उनी विद्यार्थी र मजदुर फाँटका एक सच्चा, इमानदार र कम्युनिस्ट नेताका रुपमा परिचित छन् ।

०३६ सालमा धुलाबारी माविबाट विद्यार्थी राजनीति सुरु गरेका बुढाथोकीले झापाको क्षेत्र नं। १ लाई कर्मथलो बनाएर थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।

०३७ सालमा मेची क्याम्पसमा अध्ययन गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा संगठित भई विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए । विद्यार्थी आन्दोलनमा उनी पटक(पटक पक्राउ परेका थिए ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण ०४१ सालमा आइएसम्मको औपचारिक शिक्षालाई छाडेर यातायात मजदुरका रुपमा काम गर्न थालेका थिए । मेची बस व्यवसायी संघमा तीन कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । उनले महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको संस्थापक उपसमितिमा दुई कार्यकाल पूरा गरे ।

यातायात मजदुरको क्षेत्रमा पार्टीको संगठन विस्तारमा महत्वपूणर् भूमिका खेलेका बुढाथोकीले ०४६ सालको जनआन्दोलनमा आफूलाई अझ सक्रिय बनाए । ०४७ सालमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संस्थापक झापा उपसचिव, ०४७ सालमा नेकपा एमाले धुलावारी गाउँ कमिटीको उपसचिव, ०५० सालमा धुलाबारी गाउँ कमिटीको सचिव भएर जिम्मेवारी पुरा गरेका थिए ।

०५३ सालमा मेचीनगर नगरपालिका गठनपछि पार्टीको मेचीनगर कमिटीको संस्थापक सचिव भई पार्टीको जिम्मेवारी सम्हाल्दै आएका बुढाथोकीले झापा क्षेत्र नं। १ को एक कार्यकाल पार्टी क्षेत्रीय अध्यक्षको अनुभव समेत प्राप्त गरेका छन् । दुई कार्यकाल पार्टीको झापा जिल्ला कमिटी सदस्य र क्षेत्रीय इञ्चार्ज बनेका थिए ।

बुढाथोकी ०७४ मा झापा क्षेत्र नं। १ को प्रदेश ‘ख’ बाट प्रदेश सांसद पदमा निर्वाचित बनेका थिए । हाल नेकपा एमालेको प्रदेश १ कमिटी सदस्य र क्षेत्र नं। १ को क्षेत्रीय इञ्चार्ज पदमा रहेका बुढाथोकीलाई मेचीनगर नगरपालिकाको मेयर पदका लागि पार्टीले उम्मेद्वार बनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु