मेचीनगर ५ मा गठबन्धन दलले गर्याै र्याली तथा कोण सभा

2022-05-10 मा प्रकाशित

मेचीनगर । चुनाव प्रचार प्रसारको अन्तिम दिन आज मेचीनगर ५ मा गठबन्धन दलले मोटर साइकल र्याली सम्पन्न गरेको छ । मेचीनगर ५ को मन्सी टोलबाट सुरु भएको र्यालीले वडाका २६ वटै टोलको परिक्रमा गरेर त्रिवेणी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्रयालीमा ठूलो संख्यामा युवा जनशक्तिको सहभागिता रहेको थियो ।
निर्वाचन परिचालन कमिटीका संयोजक नारायण खड्काको सभापतित्व तथा नेपाली काँग्रेस क्षेत्र क सभापति हरि बुढाथोकीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले भारी मतका साथ गठबन्धन दलले विजयी हासिल गर्ने बताए ।
कोण सभालाई सम्बोधन गर्दै वडाअध्यक्ष पदका उम्मेदवार योगेन्द्र थापाले समृद्ध वडा निर्माणमा आफ्नो सिंगो टीमलाग्ने प्रतिवद्धता व्यक्तगरे ।
कार्यक्रको सञ्चालन वडा सचिव मणि कुमार आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु