धुलावारीमा एमालेको चुनावी सभा

2022-05-10 मा प्रकाशित

मेचीनगर, २७ वैशाख । नेकपा एमाले मेचीनगरले आज धुलावारीमा शक्ति प्रदर्शन गरेको छ ।

स्थानीय चुनावको प्रचार गर्न पाउने अन्तिम दिन मंगलबार एमालेले धुलावारीको पुरानो चिया विकास निगमको खुला मैदानमा चुनावी सभाको आयोजना गरेको थियो ।

एमालेविरुद्ध तीन दलीय गठबन्धन र अरु उम्मेद्वारको घेराबन्दी भएको बेलामा एमालेले आयोजना गरेको सभामा विशाल उपस्थिति देखेर विपक्षी दलहरु समेत तर्सिएका छन् ।

पूर्वतिर निन्दापारिबाट, दक्षिणतर्फ खयरडाँगीबाट, पश्चिमतर्फ लालपानीबाट र उत्तरतर्फ बजार सिरानबाट अलग अलग जुलुस सभामा नाराबाजीसहित आउँदा धुलावारी बजार ३ घण्टासम्म अस्तव्यस्त भएको थियो ।

अपरान्ह ३ बजे सभा सुरु भए तापनि दिउँसो २ बजेको टन्टलापुर घाम छिचोल्दै एमालेका कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सभामा आउन थलिसकेका थिए ।

मेचीनगर चुनाव परिचालन कमिटीका संयोजक तथा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि स्थायी कमिटी सदस्य अग्नी खरेल थिए ।

खरेलले मन्तब्यका क्रममा झापामै यति ठूलो सभा अहिलेको सिजनमा पहिलोपल्ट देखेको बताउँदै मेचीनगरमा नेकपा एमालेका उम्मेद्वारहरुको जित सुनिश्चित भएको बताएका थिए ।

उनले आगामी जुठ ३ वा ४ गतेतिर बिजय जुलुसमा खुशी साट्न आउने समेत बताएका थिए ।

नगर अध्यक्ष राजु पोखरेलले सञ्चालन गरेको सभामा मेयर पदका उम्मेद्वार गोपाल बुढाथोकी, उपपमेयरकी उम्मेद्वार मीना उप्रेती, प्रदेश कमिटकिा सदस्य एवम् युवा नेता राजु कार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा संघीय सांसद् कुमारी मेचे, पार्टीका केन्द्रीय सल्लाहकारहरु विष्णु प्रसाई, भीम खवास, हरिचरण बानियाँ, झापा विद्रोहका योद्धा एवम् १७ वर्ष जेल जीवन व्यहोरेका कम्युनिस्ट नेता सानो दुर्गा अधिकारी, क्षेत्रीय कमिटीका सहसंयोजक टिका मग्राती, महिला नेतृ लता प्रसाई, रमा भण्डारी, बन्धन मुण्डा लगायतको उपस्थिति रहेको थियो ।

कलाकारहरुले गीत गाएर र दर्शकले चुनावी गीतमा नाचेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु