मनाङको चामेमा एमाले, नार्पाभूमिमा कांग्रेस बिजयी

2022-05-14 मा प्रकाशित

झापा, ३१ वैशाख । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले र नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले जितको खाता खोलेका छन् ।

स्थानीय निर्वाचन २०७९ मा जितको पहिलो खाता एमालेले खोलेको हो । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका हुन् ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका छन् ।

यसैगरी, मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको यो पहिलो जित हो । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणना अनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् ।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु