मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

2022-05-14 मा प्रकाशित

झापा, ३१ वैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् ।

गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु