मेचीनगरमा मेयरमा इन्द्र बुढाथोकीको अग्रता सुरु

2022-05-14 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । १ः२० बाट सुरु भएको मत गणनाको पहिलो चरणको मत परिणम अनुसार मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसबाट मेयरका प्रत्सयासी इन्द्रबुढाथोकीले ३२ मत प्राप्त गरेका छन् । उनले १ मतले अग्रता लिएका छन् । त्यसैगरी उपमेयरमा माओवादीका प्रकास भणडारीले २२ मत प्राप्त भएका छन् । नेकपा एमालेबाट मेयर पदका प्रत्यासी गोपालचन्द्र बुढाथोकीले ३१ मत प्राप्त गरेका छन् । एमालेको तर्फबाट उपमेयरमा मीना पोख्रेल उप्रेतीले २९ मत प्राप्त गरेकी छिन् । राप्रपाले मेयरमा ८ र उपमेयरकी उम्मद्वार सविना बजगाईले १६ मत प्राप्त गरेकी छिन् । त्यसैगरी वडाध्यक्षमा काँग्रेुको ३३, एमालेको ३२, र राप्रकाको ८ मत प्रप्त भएको छ । सो वडाबात ७८ मत मात्र गणना गरिएको छ । मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको मत सार्वजनिक भएको हो । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु