मेचीनगरमा मत गणनाको दोस्रो अपडेट, मेयरमा १ मतले गोपाल बुढाथोकीले लिए अग्रता

2022-05-14 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा मतगणनाको दोस्रो मत परिणाम सार्वजनिक भएको छ । दोस्रो पटक सार्वजनिक मत परिणाम अनुसार मेयरमा गोपाल बुढाथोकी १ मतले अग्रता लिएका छन् ।१७८ मत गणना हँदा मेयरमा नेकपा एमालेका गोपाल बुढाथोकीले ७२ मत प्रप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले मेयरमा ७१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले ७५ मत प्राप्त गरेकी छिन् । उपमेयरमा गठबन्धनका प्रकास भण्डारीले ४० मत प्राप्त गरेका छन् । राप्रपाले मेयरपदमा १६ मत प्राप्त गरेको छ । त्यसैगरी उपमेयरमा २८ मत प्राप्त गरेको छ । त्यसैगरी मेयर पदमा भाले चिन्हले २ मत, उपमेयरमा ३ मत, प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो वडामा वडाध्यक्ष पदमा एमालेले ७५, नेपाली काँग्रेसले ७२, राप्राले १६ र भालेले ३ मत प्राप्त गरेको छ । मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको मत सार्वजनिक भएको हो । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु