मेचीनगरमा मत गणनाको अपडेट, मेयर पदमा गोपाल बुढाथोकीको अग्रता कायमै

2022-05-14 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकामा मेयर पदमा गोपाल बुढाथोकी ९७ मत प्रप्त गरेका छन् । त्यसैगरी सोही पदमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ८८मत प्राप्त गरेका छन् । २२८ मत गणना हँुदा मेयर पदमा एमालेका बुढाथोकी ९ मतले अगाडि छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छिन् । उपमेयरमा गठबन्धनका प्रकास भण्डारीले ४८ मत प्राप्त गरेका छन् । राप्रपाले मेयरपदमा १८ मत प्राप्त गरेको छ । त्यसैगरी उपमेयरमा ३२ मत प्राप्त गरेको छ । त्यसैगरी मेयर पदमा भाले चिन्हले ३ मत, उपमेयरमा ४ मत, प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो वडामा वडाध्यक्ष पदमा एमालेले ९९, नेपाली काँग्रेसले ८९, राप्राले १८ र भालेले ४ मत प्राप्त गरेको छ । मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको मत सार्वजनिक भएको हो । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु