मेचीनगरमा मत गणनाको अपडेट, मेयर पदमा इन्द्र बुढाथोकीले लिए पुनः अग्रता

2022-05-14 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ७ मतले अग्रता लिएका छन् । २७८ मत गणना हुँदा गठबन्दन दलका तर्फबाट नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ११९ मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा एमालेका गोपाल बुढाथोकी ११२ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले ११९ मत प्राप्त गरेकी छिन् । सोही पदमा गठबन्धनका प्रकास भण्डारीले ७२ मत प्राप्त गरेका छन् । राप्रपाले मेयरपदमा २० मत प्राप्त गरेको छ । त्यसैगरी उपमेयरमा ३६ मत प्राप्त गरेको छ । भाले चिन्हले मेयर पदमा ५ मत, उपमेयरमा ६ मत, प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी त्यसै गरी उपमेयरमा धारो चिन्हले १ मत प्राप्त गरेको छ । सो वडामा वडाध्यक्ष पदमा एमालेले ११२, नेपाली काँग्रेसले १२२ , राप्राले १८ र भालेले ४ मत प्राप्त गरेको छ । मेचीनगर १ को कृष्ण निमावि गाडागल्ली मतदान केन्द्रको मतपेटिकाको मत सार्वजनिक भएको हो । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु