होम क्वारेन्टाईमा बसेका कोरोना संक्रमितको सम्पर्कमा रहेका २३ जनाको स्वाब संकलन

2020-06-22 मा प्रकाशित

मेचीनगर ।काँकरभिट्टा स्थित होम क्वारेन्टाईनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै उनको सम्पर्कमा रहेका २३जना व्यक्तिको सोमबार थ्रोट स्वाब ९घाटीको र्याल० को नमुना संकलन गरिएको छ ।
संक्रमितको घर शिल गरेर उनका परिवार, आफन्त र सम्पर्कमा रहेका २३ जनाको स्वाबको नमुना परीक्षण गर्न शुरु गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

भारतको उत्तर प्रदेशबाट जेठ ३० गते नेपाल आएर संक्रमित ब्यक्ति होम क्वारेन्टाइनमा बसेका थिए । असार ३ गते स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा आइतबार नतिजा पोजेटिभ आएको थियो ।
आज संकलन गरिएका नमुना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइने चौलागाईंले जानकारी दिए।
उनलाई लिन मेचीपुल बुबा र एक जना वडा सदस्य गएका थिए ।
उनीहरुले सामाजिक दुरी कायम गरेर नेपाल नम्बरको कारमा चढाएर मनकामना होटल पठाएका थिए ।
एकदिनको होटल बसाइपछि उनी होम क्वारेन्टाइनमा बस्ने गरी गएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु