ताजा अपडेट, मेचीनगरमा मेयर पदमा कांग्रेसका इन्द्र बुढाथोकीको अग्रता कायमै

2022-05-14 मा प्रकाशित

मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी १ मतले अघि रहेका छन् ।
प्रारम्भिक नतिजा अनुसार ३७८ मत गणना गर्दा नेपाली कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले १५४ मत ल्याएका छन् ।
त्यसतै नेकपा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १५३, राप्रपाका रमेश दाहालले ३० र मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले ११ मत ल्याएको छ ।
त्यस्तै उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १५५, माओवादी केन्द्रका प्रकाश भण्डारी ८८, राप्रपाकी सविना बजगाईको ५३, भाले चिन्हले १० र डिल्लीराम घिमिरेको धाराले १ मत ल्याएको छ ।

यसैगरी, वडाध्यक्षमा एमालेको १५२, कांग्रेसको १६४, हलो २२ र भालेको ११ मत प्राप्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु