मेचीनगरमा मेयर पदमा एमालेका बुढाथोकी २० मतले अगाडि

2022-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी २० मतले अगाडि रहेका छन् ।
२ः३० वजेको नतिजा अनुसार ५२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले २४५ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २२५, राप्रपाका रमेश दाहालले ४१ म्त ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २४६, माओवादी केन्द्र प्रकाश भण्डारी ११६, राप्रपाकी सविना बजगाईको ७६ मत आएको छ ।

यसैगरी, वडाध्यक्षमा एमालेमा २४३, कांग्रेसको २३५, हलो २८ मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु