मेचीनगरमा थप ३ सहित झापामा १३ जनामा कोरोना पुष्टि

2020-06-23 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो ।उनिहरु मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका थिए । आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ
संक्रमित मध्ये मेचीनगर– ५ की ४० वर्षीया ,मेचीनगर–१ की ३६ वर्षीया महिलाकुवेतबाट आएकी हुन भने मेचीनगर–७ की ३३ वर्षीया महिला आसामबाट आएकी हुन ।कोरोना क्रमण ंदेखिएपछि उनीहरुलाई उपचारका लागि अस्पताल लाने तयारी भइरहेको क्वारेन्टाइन ब्यवस्थापन समिति मेचीनगर संयोजक नबिन बरालले जजानकारी दिए ।
आजनै झापाको बुद्धशान्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जना, बिर्तामोड नगरपालिकाको क्वारेन्टाइनमा २ जना र हल्दिबारी गाउँपालिकाको क्वारेन्टाइनमा  २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको चौलागाईंले जानकारी दिए ।
आज थप १३ जनामा संक्रमण पुष्टि भएसंगै झापा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु