मेचीनगरको मेयरमा एमालेका बुढाथोकीको अग्रता कायमै

2022-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी ३३ मतले अगाडि रहेका छन् ।
४ः२० वजेको नतिजा अनुसार ७२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले ३०९ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २७६, राप्रपाका रमेश दाहालले ५४ र भालेले २० मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती ३०७, माओवादी केन्द्र प्रकाश भण्डारी १५२, राप्रपाकी सविना बजगाईको ९५, भालेको ११ र धारोको २ मत आएको छ ।

यसैगरी, वडाध्यक्षमा एमालेमा ३०८, कांग्रेसको २९७, हलो ३६ र भालेले २२ मत प्राप्त गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु