मेचीनगर १५ को मतपेटिका खोलियो

2022-05-15 मा प्रकाशित

मेचीनगर । मेचीनगर वडा नं १५ को मतगणना अघि ६ बजेबाट सुरु भएको छ । वडा नं १ को मतगणनासँगसँगै १५ को पनि सुरु भएको छ । मेचीनगर १ को पछिल्लो ७२८ मत गणना भइसकेको छ । १ नं को थप चारवटा मतपेटिकाको मत गन्ने काम भइरहेको छ । मेचीनगरको मतगणना हिजो दिउँसो १ः३० बजेबाट सुरु भएको थियो ।

मतगणना कार्य सुस्त हुँदा मतदाताहरु दिक्क बनेका छन् । मत परिणाम सुन्न नगरपालिका कार्यालय छेउमा सयौँ कार्यकताहरु हिजैदेखि बसेका छन् ।

यसैबीच झापाका सिडिओ छविराज रिजालले मेचीनगरको मतगणना कार्यको निरीक्षण गरेका छन् । उनलाई मतदाताहरुले मतगणना कार्य सुस्त भएको गुनासो गरे । सम्भवत भोलिदेखि मतगणना छिटो गर्नेगरी तयारी थालिएको निर्वाचन कार्यालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु