बुद्धशान्ति–१ मा एमालेका वाग्ले वडाध्यक्षमा विजयी

2022-05-16 मा प्रकाशित

बुद्धशान्ति, २ जेठ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले निर्वाचित भएका छन् ।
वाग्लेले २ हजार ४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १ हजार ३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका थिए ।

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष, पूर्वेली साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघका झापाका कार्यसमिति सदस्य, प्रेस चौतारी नेपाल झापाका कार्यसमिति सदस्य समेत हुन् ।

वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । जसमा वडाध्यक्षमा वाग्लेसँगै वडा सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा, सदस्यमा मोहनकुमार राई र लक्ष्मीप्रसाद कडेल निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु