बाह्रदशी ४ मा संयुक्त गठबन्धनलाई पछि पार्दै स्वतन्त्र प्यानलै निर्वाचित

2022-05-16 मा प्रकाशित

बाह्रदशी , संयुक्त गठबन्धनलाई पछि पार्दै बाह्रदशी गाउँपालिका– ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार अहताब आलम निर्वाचित बनेका छन् । उनले गठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादी केन्द्रका उम्मेद्वार बनेका समिम मियालाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित बनेका हुन् । स्वतन्त्र उम्मेद्वार अहताबले ७५२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार मियाले ५९१ मात्र मत प्राप्त गरेका थिए ।
वडा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार नै विवेक कुमार गणेश ९७२०० र वलवहादुर वानिया९६८५० निर्वाचित बने । महिला सदस्यमा कल्पना श्रेष्ठ ९७५२ ०र दलित महिला सदस्यमा सुमित्रादेवी मोची ७३५ निर्वाचित बनेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु