हात्तीको आक्रमणबाट मेचीनगरमा एकको मृत्यु, एक महिला घाइते

2022-05-16 मा प्रकाशित

मेचीनगर । मेचीनगर–९ मा हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ भने अर्की एक जना महिला सक्त घाइते भएकी छिन् ।

हात्तीको आक्रमणबाट मृत्यु हुनेमा मेचीनगर–९ स्थित पशुपति टोलमा बसोबास गर्ने ७० वर्षीय पेना किसान रहेका छन् । घाइते हुनेमा सोही वडाको नँया बस्ती निवासी ४० वर्षीया बसन्ती दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जंगलबाट आएको हात्तीको समुहले दिउँसो ३ः४५ बजे लखेटेर किसानलाई घाइते बनाएको थियो । किसानलाई बगरमा हिडिरहेको अवस्थामा आक्रमण गरी घाइते बनाएको थियो ।

उनको उपचारको क्रममा मेची अस्पतालमा ४ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायक उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार अहिले घाइते महिलाको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु