बौद्धमोड अंग्रेजी स्कुलद्वारा बुद्ध जयन्तिमा बिबिध कार्यक्रम

2022-05-16 मा प्रकाशित

मेचीनगर । २५६६ औ बुद्धजयन्तिको अवसर पारेर मेचीनगर २ स्थित बौद्धमोड अंग्रेजी स्कुलले बिबिध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कार्यक्रमको पूर्व सन्ध्यामा र्याली आयोजना गरेको थियो । हेप्पी बुद्धजयन्ति लेखिएको व्यानर लिएर विद्यार्थीहरुले बजार परिक्रमा गरी पुनः विद्यालयमा पुगी कार्यक्रममा सहभागि बनेका थिए । सो अवसरमा बुद्धको दर्शन र बुद्धले दिएका ज्ञानका बारेमा चर्चा गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारद ढुंगानाको सभापतित्व तथा मेचीनगर नगरप्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य गायन, तथा बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरका शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । सो अवसरमा स्थानीय समाजसेवी ज्ञानबहादुर तामाङलाई सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा निर्मित चित्तकला समेत प्रदर्शनी गरिएको थियो ।


कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि आचार्यले बैज्ञानिक र व्यवहारीक शिक्षा तर्फ बौद्धमोड स्कूल अघि बढेको भन्दै विद्यालय परिवारलार्ए धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमा कलाकार छितेन शोर्पा, बौद्धमोड अंग्रजी स्कूलका सञ्चालक सचिन निरौला , बौद्धमोड सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, समाजसेवी केशर बहादुर बस्नेत, लिला रिजाल  लगायतले बोलेका थिए ।
विद्यालयकी प्रिन्सिपल भावना राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहायक प्रिन्सिपल रोषन घिमिरे गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु