हल्दिबारीमा अध्यक्ष र उपाध्यक्ष दुबै राप्रपाले जित्यो

2022-05-18 मा प्रकाशित

हल्दिवारी, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ ।

राप्रपाले दुई वडा अध्यक्ष र ११ सदस्य समेत जितेको छ ।

गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका भाइ हुन् ।

उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बर बहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याएका छन् ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसी प्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिका देवी राउतले १४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।

वडातर्फ हल्दिबारी– १ मा राप्रपाका प्यानलसहित देवी बहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

हल्दिबारी– ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्त कुमार थापा निर्वाचित भएका छन् ।

हल्दिबारी– २ मा माओवादीका शुक लाल राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

हल्दिबारी– ३ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा विष्णु प्रसाद ओली निर्वाचित भएका छन् । हल्दिबारी– ५ मा काँग्रेसका खड्ग बहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु