मेचीनगर–१४ मा माओबादीले जित्यो वडा अध्यक्ष

2022-05-19 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् ।

पोखरेल निवत्र्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए । एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपाली सुब्बाले पोखरेललाई पराजित गरेका छन् ।सम्भवतः २०४८ सालको चुनाव यता यस वडामा एमालेले लगातार जितिरहेको थियो ।

बिजयी भएका सुब्बा कराते खेलका अन्तर्राष्ट्रिय पदक प्राप्त नेपाली खेलाडी हुन् । उनी सामाजिक सेवामा पनि अग्रणी छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु