मेचीनगर ३ मा एमालेको प्यानलै विजयी

2022-05-19 मा प्रकाशित

मेचीनगर, ४ जेठ । मेचीनगरको वडा नम्बर ३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।

मेचीनगर ३ को वडाध्यक्षमा हकृबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् ।

यसअघि एमालेले मेचीनगर–१ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु