काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने

2022-05-19 मा प्रकाशित

मेचीनगर, ५ जेठ । काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी जेठ १४ गतेदेखि काँकरभिट्टा माविको खेल मैदानमा अक्सन मार्फत पहिलो पटक खेलाडी छनोट गरेर सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने भएको हो ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने सो प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

‘खेलाडीहरुलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ क्याटागोरीमा विभाजन गरिएको छ’, सेन्टरका अध्यक्ष मिन वस्नेतले भने–‘सहभागी टिमका मालिकले ‘ए’ क्याटागोरीको खेलाडीलाई १५००–देखि २०००, ‘बी’ क्याटागोरीको खेलाडीलाई १००० देखि १५०० र ‘सी’ क्याटागोरिको खेलाडीलाई ५०० देखि १००० रुपैयाँ सम्मको बोली लगाउन सक्नेछन् ।’

प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँ खर्च गर्न पाउने अध्यक्ष वस्नेतले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकको भनाई छ । प्रतियोगिता करिव १८ दिन सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्स, एञ्जल गुरुङको राईजिङ ब्वाइज, सुरेश तिवारीको ह्याप्पी क्लब र बसन्त श्रेष्ठको संगम फुटबल क्लबको सहभागिता रहने छ ।

सेन्टरका उपाध्यक्ष एवम कार्यक्रमका संयोजक नवराज ओलीको सभापतित्व र सञ्चालन भुमिका सुब्बाले गरेकी थिइन् । कार्यक्रममा समाजसेवीहरु गंगालाल गुरुङ, राजकुमार पराजुली, सुन्दर वस्नेत लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु