बुद्धशान्ति अध्यक्षमा कांग्रेसका प्रसाई र उपाध्यक्षमा एमालेका खतिवडा बिजयी

2022-05-20 मा प्रकाशित

बुद्धशान्ति, ६ जेठ । बुद्धशान्ति गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोज प्रसाई अध्यक्षमा बिजयी भएका छन् ।

उनले ११,४०३ मत प्राप्त गरेका छन् । अध्यक्षमा नेकपा एमालेकी मीरा भूर्तेल पराजित भएकी छन् । भूर्तेलले ८,३०२ मत ल्याएकी छन् ।

उपाध्यक्ष पदमा भने नेकपा एमालेले जितेको छ । एमालेका भवानी खतिवडा ८,०७४ मत ल्याएर बिजयी भएका छन् । उपाध्यक्ष पदमा गठबन्धन पराजित भएको छ । गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओबादी केन्द्रका खड्गबहादुर तिम्सिना ९पवन०ले ५,२१६ मत ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा समेत यस पालिकामा अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले जितेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु