2022-05-20 मा प्रकाशित
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रा महतारा (प्रसाई) विजयी भएकी छन् । उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् ।
शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए ।
उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद ९सीपी० कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गरे । संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत पाए ।
महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् ।
प्रतिकृया दिनुहोस्