मेचीनगर–१३ मा एमालेको प्यानलै विजयी

2022-05-20 मा प्रकाशित

मेचीनगर, ६ जेठ । मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।
मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल९१३०६०, दलित महिला सदस्यमा रीता परियार९१४०५०, खुला सदस्यतर्फ रविन्द्र न्यौपाने ९१२९४० र ऋषिराज राजबंशी ९११५५० मत ल्याएर निर्वाचित भएका हुन् ।

वडाध्यक्ष सिग्देलले १४१६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ११७८ मत प्राप्त गरेका थिए । सिग्देलले यसअघि पनि वडाध्यक्षको जिम्मेवारी समालिसकेका छन् ।

यसअघि एमालेले मेचीनगर–२ तथा १ र ३ नम्बर वडामा वडाध्यक्षसहित प्यानलै जीत हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु