मेचीनगरका ४, ५, ११ र १२ नम्बर वडामा पनि एमालेको प्यानलै विजयी

2022-05-21 मा प्रकाशित

मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिकाका वडा नम्बर ४, ५, ११ र १२ नम्बर वडामा नेकपा एमाले विजयी बनेको छ ।

वडा नम्बर ४ मा अत्याधिक मतले अर्जुनकुमार कार्कीको प्यानलै विजयी बनेको हो । वडा सदस्यहरुमा एमालेकै नुरबहादुर कार्की, पवन बराइली, गीता मगर लुडगेली , र धनमाया कोइराला  निर्वाचित भएका छन् ।


मेचीनगर ५ मा समेत नेकपा एमालेले बागडोर समालेको छ । सो वडामा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार योगेन्द्र थापालाई पराजित गर्दै नेकपा एमालेका कनक बहादुर कार्की निर्वाचित भएका छन् । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
वडा सदस्यहरुमा एमालेकै पुष्पकुमार गेलाल, मनबहादुर लिम्बू, महिला सदस्य माया प्याकुरेल, र दलित महिला सदस्यमा देवीमाया बिक निर्वाचित भएका छन् ।

वडा नम्बर ११ मा रुद्र डाँगी र वडा नम्बर १२ मा मधु निरौलालेको प्यालनै निर्वाचित भएका छन् ।

हालसम्म मेचीनगरका सात वटा वडामा नेकपा एमाले विजयी बनेको छ भने नेपाली कांग्रेस र माओवादीले एक एक वडा जितेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु