मेचीनगर–६ को वडाध्यक्षमा ललित तामाङ विजयी

2022-05-23 मा प्रकाशित

मेचीनगर, ९ जेठ । मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् ।
सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । थापाले २२२४ मत प्राप्त गरेका छन् ।

तामाङले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेका राजु पोखरेललाई २ मतले हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु