मेचीनगर– ८ को वडाध्यक्षमा गिरीराज धमला  विजयी

2022-05-23 मा प्रकाशित

मेचीनगर, ९ जेठ । मेचीनगर–८ नम्बर वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला  निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार बनेका  धमला १७६९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धि एमालेका बिकेन्द्र धिमाललाई  २२१ मतको अन्तरले हराएर धमला विजयी भएका हुन्  । धिमालले  १५४८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यहरुमा नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका चारै जना वडा सदस्य निर्वाचित भएका छन् । एमालेका तर्फबाट उम्म्दवार बनेकी महिला वडा सदस्य मनकुमारी गिरीले १५७१, दलित महिला सदस्य कविता खनाल सार्कीले १६०४, पुरुष खुल्ला सदस्यमा कुन्दन निरौलाले १४३४ र विष्णु भट्टराईले १४९६ मत प्राप्त गरी बिजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु