मेचीनगर–९ मा पनि एमालेको प्यानलै विजयी

2022-05-24 मा प्रकाशित

मेचीनगर । मेचीनगर–९ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
मंगलबार विहान ६ वजे दिएको जानकारी अनुसार वडा नम्बर ९ को ५८८३ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार कञ्चन तामाङले २७६३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका उद्वव बानियाँलाई ६८४ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । बानियाँले २०७९ मत प्राप्त गरेका छन् ।

यता महिला वडा सदस्यमा एमालेकी करुणा राजबंशीले २५८८, दलित महिला सदस्य सुष्मा कार्की डोलीले २५६९, खुल्ला सदस्य राजन खड्काले २४८३ र अर्का खुल्ला वडा सदस्य धनकुमार श्रेष्ठले २२९८ मत ल्याएर विजयी भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु