
बुद्धशान्ति। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ।
बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन्। वडासचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो ।
नवनिर्वाचित अध्यक्ष वाग्लेले वडामा परेको एक निवेदनमा तोक लगाउँदै काम सुचारु भएको घोषणा गरेका थिए।
वडामा रहेका अपाङ्गता भएका नागरिक र अति बिपन्न परिवारलाई छनौटका आधारमा स्वास्थ बिमा गर्नेगरी उनले निवेदनमा हस्ताक्षर गरेका हुन्।
उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। वाग्लेसँगै सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, लक्ष्मी कँडेल, मोहनकुमार राई, सुमित्रा रसाईलीले पनि कार्यभार जिम्मा लिएका छन्।
प्रतिकृया दिनुहोस्