जनताको सेवक भएर काम गर्न खरेलले गरे आग्रह

2022-05-24 मा प्रकाशित

मेचीनगर, १० जेठ । नेकपा एमाले झापाका इन्चार्ज अग्नी खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मालिक होइन जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार विहान ईटाभट्टा स्थित नगरपालिकाको गेट नजिकै नेकपा एमाले निर्वाचन पचिालन कमिटी मेचीनगर कमिटीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दे उनले त्यस्तो कुरा बताएका हुन् ।

स्थायी कमिटीका सदस्य समेत रहेका नेता खरेलले विशेष गरेर भुईमान्छेहरुको सेवामा लाग्न आग्रह गरे ।

‘विजेता बनेर लगाएको सयपत्री फुलको मालाले जसरी बास्ना दिन्छ’, नेता खरेलले भने–‘त्यसरी नै जनताको काम पनि छिटोछरितो ढंगले गर्नुपर्छ । भुईमान्छेहरुको कामलाई व्यवास्था गरियो भने सयपत्री फुलको माला वीचैमा ओईलाउन सक्छ, त्यसलाई विचार, मनन् गर्न आवश्यक छ ।’

कार्यक्रममा मेचीनगर नगरपालिकामा भर्खरै निर्वाचित नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले सुशासन कायम गरेर जनतालाई रिजाउने खालका कामहरु गरेर देखाउने उद्घोष गरे । उनले त्यसको आभासपछि थाहा पाउने गरिको काम हुने बताए ।

कार्यक्रममा एमाले झापाका सहइन्चार्ज एवम् केन्द्रीय सदस्य रविन कोइराला, क्षेत्र नम्बर १ का कार्यबाहक संयोजक टिकाराम मंग्राती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विजय सभाको सञ्चालन एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले गरेका थिए । विजय सभा सम्पन्न भएपछि नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरु र्यालीसहित वडा–वडामा पुगेर विजय उत्सव मनाएका छन् ।

बुधबार पनि मेचीनगरमा विजय जुलुस हुने अध्यक्ष पोखरेलले जानकारी दिए । एमालेले मेचीनगरमा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसहित ६८ वटा स्थान हासिल गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु