बजेटमा जनभावनालाई सम्वोधन गर्छौ -नगर प्रमुख आचार्य

2020-06-24 मा प्रकाशित

इटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबाट सञ्चालित अनलाइनलाई समानुपातिक ढङ्गबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
मेचीनगरबाट संञ्चालित अनलाईनलाई आर्थिक बर्षको बजेटमा सम्बोधन गरी लोककल्याणकारी सूचना उपलब्ध गराउन अनुरोध सहितको ज्ञापनपत्र वुझ्दै नगर प्रमुख आचार्यले सो प्रतिवद्धता जनाएका हुन् ।
। सञ्चारकर्मीहरुले नगरबाट सञ्चालित अनलाईनहरुलाई समानुपातिक ढंगबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउन पत्रकार मुक्ति पौडेल ,अर्जन कार्की, प्रकाश पौडेल, डम्बर बराल, झुलन रेग्मी, बिमर्श उप्रेती, युवराज आचार्य, खगेन्द्र घिमिरे, दिलिप थापा लगायतको टोली मेचीनगर पुगेको थियो ।
सो अबसरमा नगर प्रमुख आचार्यले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, लघुउद्यमसँगै रोजगारी सिर्जना गर्ने दीर्घकालिन योजना समेटिने बताएका छन् ।
‘बजेट सार्वजनिक गर्न केही समस्याहरु उत्पन्न भएका छ’ नगरप्रमुख आचार्यले भने–‘तर, यी सबै समस्याहरुलाई निराकरण गर्दै तोकिएकै समयमा बजेट घोषणा प्रतिबद्धता व्यक्त गर्दछु ।’
त्यसक्रममा उनले कोभिड–१९ बाट उत्पन्न कोरोना संक्रमण नियन्त्रणमा नगर सरकार संवेदनशील रहेको स्पष्ट पार्दै सीमावर्ती क्षेत्रमा रहेको नगरपालिका क्षेत्र संक्रमणबाट त्रसित बनेकाले यो बजेटलाई कोरोना नियन्त्रणका लागि उच्च प्राथमिकता दिईने दाबी गरे ।
‘नगर क्षेत्रका विद्यालयहरुको भौतिक संरचनासँगै प्राविधिक शिक्षामा समेत जोड दिनुपर्ने अहिलेको मुख्य आवश्यकता हो’ नगरप्रमुख आचार्य भन्छन्–‘त्यसैगरी, कृषि उत्पादन तथा निर्यातसँगै आयमूलक रोजगार सिर्जना गर्नुको विकल्प छैन, मलखाद, कृषि औजार, कृषकलाई तालिम, बीउविजन वितरण, अनुदान, पशुपालन, बीमा, चौपायाको खोपजस्ता अति आवश्यकीय वस्तुमा बजेट आकर्षण गरिनेछ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु