मेचीनगर ८ मा वडाध्यक्ष गिरीराज धमलाद्वारा पदभार ग्रहण

2022-05-26 मा प्रकाशित

मेचीनगर। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ।

मेचीनगरमा बिहीबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले आफ्नो पदभार सम्हालेका छन् । वडा सचिव पवित्रा सुब्बा , कर्मचारी तथा बिभिन्न पार्टी प्रतिनिधिहरुले वडाअध्यक्ष धमला, वडा सदस्यहरु कुन्दन निरौला, बिष्णु भट्टराई, महिला सदस्य मनकुमारी गिरी, दलित महिला सदस्य कविता खनाल सार्कीलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो । पदभार ग्रहण गर्नु पूर्व दियो कलश गणेशको पुजा गरेर बैदिक मन्त्र उच्चारण गरिएको थियो । उपस्थित सुवेच्छुक हरुले कार्यकक्षमै टिका माला, अविर र खादा पहिर्याएका थिए । उनीहरुले सबैलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

नवनिर्वाचित अध्यक्ष धमलाले वडामा परेको दुईवटा निवेदनमा तोक लगाउँदै काम सुचारु भएको घोषणा गरेका थिए।

उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। धमला सँगै कुन्दन निरौला, बिष्णु भट्टराई, मनकुमारी गिरी, दलित महिला सदस्द कविता खनाल सार्कीले पनि कार्यभार जिम्मा लिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु