मेचीनगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले खाए सपथ

2022-05-26 मा प्रकाशित

मेचीनगर, १२जेठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बिहीबार सपथ खाएका छन । नगरपालिका कार्यालय परिषयमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराएका हुन् ।

नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सांसद राधा थापा, निर्वतमान नगरप्रमुख विमल आचार्य, एमाले नेता विष्णु प्रसाईं, काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, काँग्रेसबाट प्रमुख पदका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकी, माओवादीबाट उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारी , राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाई लगायत नगरका पूर्व जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकास वस्तीले गरेका थिए । यसअघि आज बिहान जिल्ला अदालत झापाका मुख्य न्यायधीशबाट मेचीनगरका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सपथ ग्रहण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु