तीनवटा महत्वपूर्ण निर्णय गर्दै मेचीनगर ५ का वडाध्यक्ष कनकबहादु कार्कीले गरे पदभार ग्रहण

2022-05-27 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्ने अभियान जारी छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सफद ग्रहण गराएपछि बिभिन्न वडामा पदभार ग्रहण भइरहेको छ । शुक्रबार मेचीनगर ५ का नवनिर्वाचित वडाध्यक्ष कनक बहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । बिहान १० बजे वडाकार्यालय पुगेका जनप्रतिनिधिहरुलाई स्वागत गर्न बिभिन्न पार्टी प्रतिनिधि, तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यालय प्रवेश गर्नु पूर्व गुरुले दियो कलस गणेशको पूजा गरेर स्वस्ति बाचन सहित टिका लगाएर कार्यालय प्रवेश गराएका थिए ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिने गरी कार्यालय परिषरमै शुभकामना आदान प्रदान कार्यक्रमसमेत सम्पन्न भएको छ ।

२०७४ सालमा निर्वाचित वडासदस्य तथा कार्याबहाक वडाध्यक्ष मेधराज गेलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर ५ का वडा सभापति नारायण खड्का, माओवादी केन्द्र मेचीनगर ५ का इन्चार्ज हरि कट्टेल, जनता समाजवादी पार्टीका सुभाष लिम्बू, समाजसेवी दिलिप सुब्बा, टोल विकास संस्थाहरुको तर्फबाट अनन्त दाहाल लगायतका वक्ताहरुले कार्यकाल सफलताको शुभकामना दिँदै । समृद्ध वडा निर्माणमा जुट्न अनुरोध गरे ।

उनीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि तथा दीगो विकासका कार्यक्रमलाई अधि बढाउन जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । सो अवसरमा बिभिन्न पार्टी प्रतिनिधि वडाकार्यालयका कर्मचारी तथा शुभचिन्तकहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका लगाएर खादा र माला पहिर्र्याएका थिए ।
सो अवसरमा नवनिर्वाचित वडाध्यक्ष कनकबहादुर कार्कीले छिटो छरितो, र भरपर्दाे सेवा दिने र वडावासीलाई परिवर्तनको आभाष हुनेगरी काम गर्ने तथा प्रतिवद्धता पत्रमा उल्ल्ेख गरिएका सम्पूर्ण काम पुरागर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्धलाई सुमधुर बनाएर अघि बढने बताए ।
कार्यक्रमका विशेष अतिथि तथा नवनिर्वाचित वडा सदस्यहरु पुष्पकुमार गेलाल, मनबहादुर लिम्बू, माया प्याकुरेल र देवीमाया विकले वडामा तीन महिना भित्र परिवर्तनको आभाष गराउने गरी आफूहरु काममा लाग्ने बताए । कर्मचारीहरुलाई समयको महत्व बुझेर जनताको सेवामा लाग्न उनीहरुले सुझाव सुझाव समेत दिएका थिए । नवनिर्वाचित वडा सदस्य पुष्पकुमार गेलालले कार्यक्रमका अध्यक्ष मेघराज गेलालको चरण स्पर्श गरेका थिए उनले खादा तथा टिका लगाएर सम्मान समेत गरे । पुष्प गेलाल अघिल्लो पाँच वर्षे कार्यकाल विताएका वडा सदस्य मेघराज गेलालेका छोरा हुन् । उनले अघिल्लो पाँच वर्षे कार्यकालमा सुरु गरिएका योजनाहरुलाई समेत निरन्तरता दिएर अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । निर्वाचन ताका वडाअध्यक्ष तथा सदस्यहरुले राजीनामा दिएपछि गेलाल कार्याबहाक अध्यक्षको भूमिकामा थिए ।


गंगाबहादुर मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव यशु लिम्बूले गरेका थिए । औपचारिक कार्यक्रम पछि कार्यबहाक वडाध्यक्ष मेघराज गेलाल र वडा सचिव यशु लिम्बूले पदभार ग्रहण गराएका थिए ।
पदभार ग्रहण गरेसँगै वडाले तीनवटा महत्वपूर्ण निर्णय समेत गरेको छ । वडाले स्वास्थ्य बीमा गर्न नसक्ने परिवारको पहिचान गरी स्वास्थ्य बीमा गर्ने,
शुद्ध पिउने पानी जडान गर्न नसक्ने परिवारलाई नीति बनाएर निशुल्क पिउने पानीको व्यवस्था गर्ने तथा सुरक्षित चर्पीको व्यवस्था नगरेका अतिबिपन्न परिवारको पहिचानगरी निशुल्क रुपमा चर्पी निर्माण गर्ने निर्याण गरेका वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु