बालकल्याण माविद्वारा वार्षिक पुरस्कार वितरण सम्पन्न

2022-05-27 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविले शुक्रबार वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले शैक्षिक सत्र २०७८मा बिभिन्न विद्यामा उत्कृष्ठ बनेका छात्र छात्राहरुलाई पुरस्कार वितरण तथा सम्मान गरेको हो । विद्यालयले कक्षा उत्कृष्ट प्रथम ,दोस्रो र तेस्रो विद्यार्थी, उच्च हाजिरी, अनुशासन तथा सरसफाईमा उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कृत गरेको हो । विद्यालयले हरेक विद्यामा प्रथम विद्यार्थीलाई नगद तीन हजार राशी सहित कपी प्रदान गरेको थियो । भने दोस्रो र तेस्रो भएका विद्यार्थीलाई समेत कपी प्रदान गरिएको थियो । विद्यालयले कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई एनएमसी सहकारी द्वारा सञ्चालित सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशीको अक्षयकोषको व्याज रकमबाट पुरस्कृत गर्दै आएको छ भने कक्षा ८ र ९ का विद्यार्थीहरुलाई विराटनगर निवासी हाल अष्टेलियामा बस्दै आएका समिर एण्ड श्रेयासी अक्षयकोषबाट पुरस्कार वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा नवविर्वाचित वडा सदस्य मनकुमार लिम्बू, पुष्पकुमार गेलाल, माया प्याकुरेल , देवीमाया विक , विद्यालयका पूर्व अध्यक्ष अनन्त दाहाल लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा विद्यालयले विद्यालय उत्कृष्ट दुईजना छात्राहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कक्षा एकबाट दुईमा गएकी छात्रा निर्जला गिरी र कक्षा ७ बाट ८ मा गएकी कुशुम लिम्बू पुरस्कृत भएका हुन् । त्यसैगरी विद्यालयले हाजिरी तर्फ उत्कृष्ट बन्न सफल विद्यालयका सहायक प्रधानाध्यापक राजिव गिरीलाई समेत सम्मान गरेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष सुभाष लिम्बूको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मेचीनगर ५ का नवनिर्वाचित वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका साहायक प्रधानाध्यापक राजिव गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानध्यापक नारायण न्यौपानेले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु