मेचीनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ललितबहादुर तामाङद्वारा पदभार ग्रहण

2022-05-27 मा प्रकाशित

झापा, १३ जेठ । मेचीनगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष ललितबहादुर तामाङले पदभार समालेका छन् ।

आज शुक्रबार पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष तामाङले जनताको सेवक भएर जनताको सेवामा लाग्ने बताएका छन् । जनताको सेवामा कुनै कम हुन नदिने उनले बताएका छन् । वडा अध्यक्ष तामाङले भने गत कार्याकालकमा भएको सेवालाई आत्मासाथ गर्दै थप जिम्मेवार भएर काम गर्ने उनले बताए ।वडा अध्यक्ष तामाङले पहिलो दिन कर्मचारीहरुलाई सम्बोधन गर्दै कार्यालयमा सबै मिलेर जनताको सेवामा लाग्न आग्रह गरेका थिए ।

वडाका सचिव शम्भु पौडेलले वडा अध्यक्ष तामाङलाई खादा अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा वडा कार्यालयका कर्मचारी कृष्ण कुमारी सुबेदीले सञ्चालन गरेकी थिइन् । वडा अध्यक्ष तामाडलाई पद्मा लुईटेल, राजेन्द्र कार्की, कमल मेचे, राजु बास्तोला, शम्भु मलिक, रमेशकुमार खतिवडा, मुना राईलगायतले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु