नकलबन्दामा घर खरिद गरेर देह व्यापार चलाएको भन्दै स्थानीय आक्रोशित दोषीलाई कारवाही गर्न माग

2022-05-28 मा प्रकाशित

मेचीनगर,१४ जेठ । मेचीनगर ५ स्थित नकलबन्दा क्षेत्रमा शुक्रबार दिउँसो भागदौड मचियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले एउटा घरमा छापा मारेपछि करिव १६ जना भारतीय मूलका युवती छरपष्ट भएर घरबाट निस्किए र दौडन थाले उनीहरुलाई कसैले रोक्ने प्रयास गरेन ।
सो घरमा देह व्यापार चल्नेगरेको आशंका गरेर प्रहरीले छापा मारेपछि उनीहरुको भागदौड मचिएको थियो । उनीहरु प्रहरी आउना साथ भागेका भने होइनन् प्रहरीले उनीहरुलाई सोधपुछ गर्याे अनि घर धनीलाई नियन्त्रणमा लियो र ति महिलाहरुलाई छोडिदियो ।
ति महिलाहरु आफ्नो झोलामा सामान लगाए अनि घरबाट बाहिरिए । कोही पूर्व तर्फ दौडिए त कोही पश्चििम तर्फ कतिपय स्थानीय रनभूल्लमा परे यतिधेरै मान्छे घर भित्र के गर्छन् अनि कहिले आए यो प्रश्न धेरैको मनमा उब्जीयो ।
ति युवतीहरुलाई नियन्त्रणमा लिन स्थानीय महिलाहरुले प्रहरीलाई आग्रह गरेका थिए तर प्रहरीले उनीहरुलाई नियन्त्रणमा नलिएर भगाएको स्थानीयको आरोप छ ।
यस घट्ना पछि नकलबन्दा क्षेत्र तनाव ग्रस्त बनेको छ । शनिवार मेचीनगर ५ र ६ का स्थानीय तथा जनप्रतिनिधिहरु नकलबन्दा प्रहरी चौकी पुगे र भारतीय ति युवतीहरु भगाउनु पर्ने कारण सोधे । सयौँको संख्यामा पुगेका स्थानीयहरुले बरिष्ठ सई मानबहादुर मिश्रलाई र्याख र्याख्ती पारे । प्रहरीले देहव्यापारमा संम्लग्न भएको प्रमाण नभएपछि उनीहरुलाई नियन्त्रणमा नलिएको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । स्थानीयले र्याखरयाख्ती पारेपछि सई मानबहादुरले डिएस्पीले छोडदिनु भन्ने आदेश दिएकोले आफूले नियन्त्रणमा नलिएकोे बताएपछि स्थानीय थप आक्रोशित बनेका थिए ।घट्नाका बारेमा बुझ्न मेचीनगर उप्रमुख मीना उप्रेती समेत नकल्बन्दा आएकी थिइन् उनले यस घटनाका बारेमा गम्भीर अनुसन्धन हुने दावी गरिन् ।
मेचीनगर ५ का वडाध्यक्ष कनकबहादुर कार्कीले घटनालाई गम्भीर रुपमा लिन प्रहरीलाई आग्रह गरेका छन् ।
मेचीनगर ५ का वडा सदस्य एवम् पूर्व प्रहरी असई पुष्प कुमार गेलालले महिला दिदी बहिनीहरु उद्दार गर्नुको साटो प्रहरीले अलपत्र पारेको आरोप लगाएका छन् । ति महिलाहरु कहाँबाट आएका थिए । उनीहरुको त्यहाँ बस्नुपर्ने बाध्यता के थियो सोधपुछ भएन् उनले भने,‘आफ्नो जिम्मेवारीबाट प्रहरी चुक्यो । यो गलत भएको छ । प्रहरीले गम्भीर अनुसन्धान गर्नु पर्छ । देह व्यापार चलाएको हो भने दोलाई कार्वाही हुनु पर्छ ।’
सुकुमार राजबंशीले आफूले दुई दिन अघि यस विषमा थाहा पाएको र प्रहरीलाई तत्काल जानकारी गराएपनि प्रहरीले समयमा चासो नदिएको गुनासो गरेका छन् ।
स्थानीय मीना पौडेलले सो घरमा १६ बर्ष देखि करिव ३० वर्ष सम्मका करिव १६ जना महिलाहरु राखेर देह व्यापारमा लगाएको आरोप लगाएकी छिन् । दुईजना मात्र महिला देखिन्थे उनले भनिन्, ‘भित्री कुरा त अर्कै रहेछ ।’ पौडेलले गाउँमा यस किसिमको घृडीत कार्य गरेर समाज दुषित बनाउने जो कोहिलाई पनि कारवाही हुनुपर्ने बताइन् ।

दिन भर स्थानीयको आक्रोश नरोकिएपछि इलाका प्रहरी कार्यालय काँकरभिट््टाबाट डिएस्पी स्वयम उपस्थित भएर दोषीलाई मानव बेचबिखन सम्बन्धि मुद्धा दर्ता गराएर कार्वाही गर्ने भनि आस्वस्त पारेपछि मात्र भिड शान्त भएको थियो । प्रहरीले पीडित महिलाहरुसँग बयान लिएर सोही अनुसार कार्वाही अगाडि बढाउने भएको छ । समाजलाई खुला चुनौति दिँदै सय किसिमको घृडीत काम गर्दै आएका दोषीलाई उन्मुक्ति दिए समाज बर्वाद हुने राप्रपाका पर्शुराम पराजुलीले बताए । प्रहरीका कारण परिस्थिति जटिल बनेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु