काँकरभिट्टामा फुटबल, उद्घाटन खेलमा ह्याप्पी क्लबको विजयी सुरुवात

2022-05-28 मा प्रकाशित

मेचीनगर, १४ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको खेलमा ह्याप्पी क्लबले विजयी यात्रा सुरु गरेको छ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा शनिबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोलको अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा विजयी सुरूवात गरेको हो ।

ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हाफको १५ औँ मिनेटमा गोल गरेका थिए । त्यहि गोल नै खेलको निर्णयक बन्यो । अत्यन्तै कडा प्रतिष्पर्धा बनेको खेलमा दुवै टिमले थुप्रै अवसरहरु गुमाएका थिए ।आजको खेलको म्यान अफ द म्याच विजेता ह्याप्पी क्लबका आदित्य ढुंगेल घोषित भए । उनले नगद पाँच सय प्राप्त गरे । त्यस्तै इमर्जीगङ प्लेयरका रुपमा ह्याप्पी क्लबकै गोल किप्पर प्रनिस शेर्पा घोषित भए । उनले पनि ५ सय मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गरे ।

प्रतियोगिताको आइतबारको खेल राइजिङ ब्वाइज र संगम फुटबल क्लबबिच हुनेछ । प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए ।

कार्यक्रमका मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख अतिथ्यता रहेको थियो । आयोजकका अशोक राईले सञ्चालन गरेको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, एमालेका युवा नेताहरु राजु कार्की, सुशिल आचार्य, गंगालाल गुरुङ, ओमप्रकाश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु