मेचीनगरमा एमालेको तर्फबाट कार्यपालिका सदस्यमा ८ जनाले गरे मनोनयन दार्ता

2022-05-29 मा प्रकाशित

मेचीनगर, १५ जेठ । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि आज नेकपा एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् ।
मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य पदका लागि आइतबार एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मात्र मनोनयन दर्ता गरेका हुन् ।

एमालेका तर्फबाट ५ महिला र ३ जना पुरुष उम्मेद्वारहरुले कार्यपालिकाको सदस्य पदमा मनोनयन दर्ता गरेको एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले बताए ।

३ जना पुरुषमा वडा नम्बर १० बाट ह्दय राजबंशी, वडा नम्बर ८ बाट चित्र धिमाल र वडा नम्बर १२ बाट संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको तर्फबाट अमित राई कार्यपालिका सदस्य पदमा उम्मेद्वार बनेको उनले बताए । एमालेको तर्फबाट कार्यपालिका सदस्य पदमा मञ्चका राईलाई उम्मेद्वार बनाइएको अध्यक्ष पोखरेलको भनाई छ ।

त्यस्तै ५ जना महिलाहरुमा वडा नम्बर १ बाट तीलजा देवान, वडा नम्बर ५ बाट माया प्याकुरेल, वडा नम्बर ६ बाट अञ्जु थापा, वडा नम्बर १३ बाट रिता परियार र वडा नम्बर ८ बाट कविता खनाल सार्की कार्यपालिका सदस्य पदमा उम्मेद्वार बनेको पोखरेलले जानकारी दिए ।

कार्यपालिका सदस्यमा अन्य कुनै पनि दलका सदस्य पदमा उम्मेद्वार बनेका छैनन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेचीनगरमा ७७ पदमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित ६८ स्थानमा एमालेले विजय हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार आगामी जेठ १९ गते बेलुका ५ वजे मात्र मतदान सम्पन्न हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु