गणतन्त्र दिवसको अवसरमा द्विप प्रज्ज्वलन

2022-05-29 मा प्रकाशित

मेचीनगर । नेपाल खेलकुद महासंघ मेचिनगर कमिटिले १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार साझ द्विप प्रज्वलन गरेको छ ।

मेचीनगर ७ स्थित इटाभट्टा चोकमा आयोजित द्विप प्रज्ज्वलन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालीकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीको रहेकी थिइन् । कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणी ओली, एमाले प्रदेश सदस्य बन्धन मुण्डा, नेपाल खेलकुद महासंघ झापा जिल्ला ईन्चार्ज चन्द्र प्रसाईलगायतको सहभागिता रहेको थियो ।

आयोजक नेपाल खेल्कुद महासंघ मेचिनगर कमिटिका अध्यक्ष संजय तामाङको सभापतित्वमा समपन्न कार्यक्रमको सञ्चालन सचिव मदन भण्डारीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु