मेचीनगरमा कार्यपालिकाका ८ जना सदस्यले लिए सपथ

2022-06-02 मा प्रकाशित

मेचीनगरमा, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्य पालिकाका ८ जना सदस्यहरुले आज सपथ लिएका छन् ।
विहीबार नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिका ५ महिला र ३ जना पुरुष सदस्यहरुले सपथ लिएका हुन् ।

उनीहरुलाई मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा ५ जना महिलाहरु कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित वडा नम्बर १ बाट तीलजा देवान, वडा नम्बर ५ बाट माया प्याकुरेल, वडा नम्बर ६ बाट अञ्जु थापा, वडा नम्बर १३ बाट रिता परियार र वडा नम्बर ८ बाट कविता खनाल सार्की छन् ।

त्यस्तै ३ जना पुरुषमा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित वडा नम्बर १० बाट ह्दय राजबंशी, वडा नम्बर ८ बाट चित्र धिमाल र वडा नम्बर १२ बाट संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको तर्फबाट अमित राई छन् ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकीले सपथ खुवाएसँगै इमानदार भएर जनताको काम गर्न निर्देशन दिएका थिए । कार्यक्रममा उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल, निर्वाचन अधिकृत वेदराज फुयल, सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराई, डिएसपी ज्ञानकुमकार महतो लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अन्नतप्रकाश वस्तीले गरेका थिए । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट मेचीनगरमा ७७ पदमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित ६८ स्थानमा एमालेले विजय हासिल गरेको थियो ।

त्यस्तै कार्यपालिकाको ८ जना सदस्यमा भएको निर्वाचनबाट एमालेबाट ५ महिला र ३ जना पुरुष निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित कार्यपालिका सदस्यहरु मध्ये ७ जना एमाले र १ जना मञ्चका हुन् ।

मेचीनगर नगरपालिकामा ८० पदमा ७१ स्थान एमालेले हात पारेको छ भने अन्य ९ पदमा नेपाली कांग्रेस र माओवादी केन्द्रले जीत हासिल गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु